अकुपंचर परिचय

परिचय:

अकुपंचर दुईवटा ल्याटिन शब्दहरु मिलेर बनेको छ “अकु” अर्थात “तिखो ”“पंचर” अर्थात “घोचाइ” । यस अर्थमा तिखो घोचाई नै अकुपंचरको सामान्य अर्थ हो । मानव सभ्यताको विकास सँगसँगै ढुङ्गे युगदेखि नै परम्परागत चिनियाँ चिकित्साको अभिन्न अङ्गको रूपमा प्रचलित यो चिकित्सा पद्धति समयको परिवर्तनसँङ्गै विभिन्न चरणमा अध्ययन, अनुसन्धानमार्फत बैज्ञानिकीकरण भएर हाल विभिन्न रोगहरूमा भरपर्दो उपचार पद्धतिको रुपमा विकास भएको छ । अकुपंचर चिकित्सा अन्तर्गत चिनियाँ चिकित्सा पद्धतिका अकुुप्रेसर ( शरिरका विशेष विन्दुहरूमा विशेष प्रकारको दवाव दिई गरिने उपचार), मोक्सिब्युसन ( तितेपातीबाट निर्मित विशेष प्रकारको भुवालाई (Moxawool) जसलाई विभिन्न तरिकाले शरिरका भागमा उष्णता पुर्याई गरिने चिकित्सा ), Auricular Acupuncture (विशेष प्रकारका सुक्ष्म सियोले कानमा रहेका विशिष्ट विन्दुहरूमा वेधन गरी रोगोपचार गरिने चिकित्सा, विद्युतीय अकुपंचर  Cuping and Scrapping/Guasha (शंख प्रच्छान) , Dermal Hammer, Blood Letting, Tuina (चिकित्सकीय मालिस) लगायतका विधिहरू पर्छन् ।

हाम्रो शरीरमा एक प्रकारको जीवन शक्ति जसलाई ची वा  “Qi” भनिन्छ प्रवाहित भएको हुन्छ । यसको एउटा निश्चित मार्ग हुन्छ जसलाई शक्ति मार्ग (मेरिडीयन) भनिन्छ । ती मार्गको ठाउँ ठाउँमा शक्ति केन्द्रहरु हुन्छन जसलाई अकुपंचर बिन्दु अर्थात Acupuncture points भनिन्छ । ती बिन्दुमा स–साना मसिना बिशेष बिशेषता युक्त सियोलाई गाडेर्र   विभिन्न बिधि द्वारा manipulate , stimulate  वा sedate  गरिन्छ जसले भावनात्मक, संवेगनात्मक र शारीरिक स्तरमा सन्तुलन पुनस्र्थापित गर्दछ ।  यस बिधिबाट गरिने बिशेष उपचारलाई नै अकुपंचर भनिन्छ ।

अकुपंचरको इतिहास

चिनिया परम्परागत चिकित्साको रुपमा सुरु भएको अकुपंचर  चिकित्सा पद्घतिको विकासक्रमलाई मुख्य रुपमा ३  चरणमा विभाजन गर्न सकिन्छ ।

अकुपंचरको उत्पक्ति (Origin)

अकुपंचरको उत्पक्ति परम्परागत रुपमा चिनिया समाजमा भएको पाईन्छ । प्रारम्भिक रुपमा Bian-stone needle बाट नै अकुपंचर गरिन्थ्यो । चीनको पुर्व तटीय क्षेत्रमा बसोबास गर्ने चिनियाहरुले नै सर्वप्रथम Bian-stone needle को सहायताले उपचार गर्ने गर्थे । केही प्राचिन ( Shan Hai Jing –The classics of Mountain and Seas; Su Wen-Plain Questions ) मा Bian-stone needle को प्रयोगबारे उल्लेख भएको पाईन्छ । समयक्रमसंगै धातुको खोजसंगै Bian-stone needle लाई धातुद्घारा निर्मित सुईहरुले बिस्थापित गर्दै गए ।

आधारभुत सिद्धान्तको उत्पक्ति (Establishment of theory)

चिनिया उपचार पद्घतिको मुख्य पुस्तकका रुपमा लिईने Huang Di Nei Jing (Huangdi’s Internal Classics) बाट नै आधारभुत सिद्धान्तको उत्पक्ति भएको मानिन्छ । Yin-yang , पंचतत्व सिद्घान्त (Five elements) , zang-fu organs, Channels and collaterals, essence, qi and blood  जस्ता आधारभुत सिद्धान्तको  प्रतिपादन भयो ।

शैक्षिक विकास (Academic Development)

ई.सं २६५–४२०मा लेखिएको  Zhen jiu Jia Yi jing ( The ABC Classic of Acupuncture and moxibustion ) लाई नै अकुपंचर तथा मोक्सिब्युसनको पहिलो पुस्तकका रुपमा लिईन्छ । यसमा विभिन्न ३४९ अकुपंचर पोइन्टहरुको बिस्तृत बिबरण पाईन्छ । यस पछि पनि अकुपंचर तथा मोक्सिब्युसन सम्बन्धि विभिन्न पुस्तक लेखिएतापनि Li Xuechuan द्वारा लेखिएको Zhen Jiu Feng Yuan (Achieving the effect of Acupuncture and Moxibustion ) लाई मुख्य मानिन्छ जसमा हाल प्रयोगमा आएका ३६१ अकुपंचर पोइन्टहरुको बारेमा वर्णन गरिएको छ र यसमा उल्लेख भएका अकुपंचर पोइन्टहरुलाई नै अहिलेसम्म आधिकारिक मानिन्छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *